भारतको कानपुरले जित्यो जनकपुरको टी–२० को उपाधि

5.56K
shares

जनकपुरधाम । तेस्रो शहीद कप क्रिकेट प्रतियोगिता–२०७५ को उपाधि भारतको सोने कानपुर क्रिकेट क्लबले जितेको छ। जनकपुरधामको बाह्रबिघाको खेलमैदानमा मङ्गलबार भएको अन्तिम खेलमा सोने कानपुर क्रिकेट क्लबले जनकपुरधाम क्रिक्रेट क्लबलाई ७ विकेटले हराएर सो उपाधि जितेको हो ।

जनकपुरधाम क्रिकेट क्लबले टस जिती निर्धारित २० ओभरमा ११३ रनको लक्ष्य दिएकामा कानपुर क्रिक्रेट क्लबले १८औँ ओभरमा सो लक्ष्य पूरा गरेको थियो। मधेश आन्दोलनका शहीदको स्मृतिमा आयोजित सो प्रतियोगितामा प्रथम हुने टिमले रु दुई लाख ११ हजार र दोस्रो हुने टिमले रु एक लाख पाँच हजार प्राप्त गरेका छन्।

नेपालको जनकपुरधाम, वीरगञ्ज, भैरहवा, विराटनगर र कलैया तथा भारतको कानपुर, दरभङ्गा, पटना र मुझफरपुर टिमको सहभागिता रहेको सो प्रतियोगितामा युनाइटेड क्रिक्रेट क्लबका शेफ अलीलाई उत्कृष्ट ब्याट्समेन र भारतका सोने क्रिकेट क्रिकेट क्लबका शिवमु दीक्षितलाई उत्कृष्ट बलरको पुरस्कार प्रदान गरिएको थियो। विजयी टिम र खेलाडीलाई पूर्वमन्त्री राजेन्द्र महतो, प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले पुरस्कार र शिल्ड प्रदान गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083