नयाँ वर्षमा प्रधानमन्त्री ओलीको योजना : आफ्नो टिम फेरबदल गर्ने देखि मन्त्री हटाउनेसम्म!
वि.सं.२०७५ चैत २१ बिहीवार १४:१३
shares

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली नेपाली नयाँ वर्ष २०७६ मा कर्णाली प्रदेश जाने भएका छन्। कर्णालीमा पुगेर सम्बोधन गर्ने गरि अहिले प्रधानमन्त्री आन्तरिक तयारीमा जुटेका छन्। विकास र समृद्धिलाई सुरुवात देखि नै जोड दिँदै आएका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीलाई मूल मन्त्र बनाएका छन्।
प्रधानमन्त्री ओलीले नयाँ वर्षमा अहिले भएका आफ्ना सल्लाहकार र सहयोगीको टिमलाई हटाएर नयाँ टिम बनाउने पनि तयारी गरेको उनीनिकट उच्च स्रोतले जनाएको छ। त्यस्तै, मन्त्रीहरुको प्रस्तुति पनि चित्त बुझ्दो नभएकोले केही मन्त्रीहरु हटाएर उनीहरुको ठाउँमा काम गर्न सक्ने र आफ्नो ‘स्पिरिट’ समात्न सक्नेलाई ल्याउने प्रधानमन्त्रीको तयारी। यी सबै काम गर्नको लागि प्रधानमन्त्री ओलीले नयाँ वर्षलाई पर्खिरहेका छन्।
त्यस्तै, पार्टी भित्रको एकताको कामलाई द्रुत गतिमा अघि बढाउनेपनि प्रधानमन्त्री ओलीको योजना छ। प्रधानमन्त्रीनिकट स्रोतले भन्यो,‘पार्टी भित्रको एकता प्रक्रिया टुँगो लगाउनको लागि प्रधानमन्त्रीज्यू गम्भिर भएर लाग्नु भएको छ, उहाँले अब नयाँ वर्षको सुरुवात देखि नै यो कामलाई नै फत्ते गर्नेगरि गृहकार्य गर्नु भएको छ। अब एकता प्रक्रिया छिट्टै टुँगो लाग्छ।’































