न्यायाधीस सिफारिसमा राजनीतीकरण गर्न गर्नु हुँदैन : देउवा
वि.सं.२०७५ चैत २१ बिहीवार १६:००
shares

मोरङ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका असन्तुष्ट जिल्ला सभापतिहरुलाई विशेष महाधिवेशन बोलाएर देखाउन चुनौती दिएका छन्।
नेपाल टेलिकम वर्कर्स यूनियनको १० औं महाधिवेशन उद्घाटनका लागि बिहीबार विराटनगर आएका सभापति देउवाले जिल्ला सभापतिहरुले विशेष महाधिवेशन बोलाउन सफल भए आफूले त्यसको सामना गर्ने बताएका हुन्।
‘पार्टीका असन्तुष्ट २०-२५ जनाले विशेष महाधिवेशन बोलाएर हुन्छ रु यदी सक्छन् भने बोलाएर दखाउन्, उनले भने, ‘विशेष महाधिवेशन पार्टीले बोलाउँदैन, तर उनीहरुले बोलाउन सके म फेस गर्न तयार छु।
सभापति देउवाले बाहिर भने जतिको जिल्ला सभापतिहरु विशेष महाधिवेशन बोलाउने भेलामा सहभागी नभएको दाबी गरे। पार्टीको महाधिवेशन आइ रहेकोले मात्रै आफ्नो विरोध गरि रहेको उनले सुनाए।
कांग्रेसका बहुमत जिल्ला सभापतिहरूले स्वतः प्रतिनिधिको प्रावधान हटाउने र आरक्षणको सुविधा दोहोर्याउन नपाउने व्यवस्था विधानमा राख्नुपर्ने माग सम्बोधन नभए विशेष महाधिवेशन बोलाउन हस्ताक्षर थाल्ने जनाएका छन्।
पार्टी विधानअनुसार एक चौथाइ महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरे नेतृत्वले विशेष महाधिवेशन बोलाउनु पर्छ । विशेष महाधिवेशन बारे छलफल गर्न जिल्ला सभापतिहरूले काठमाडौंको ठमेलमा बुधबारदेखि भेला बोलाएका छन्।
न्यायपालिकामाको बारे यसो भन्छन् देउवा
न्यायपालिकामा राजनीतिक हस्तक्षेप कांग्रेसलाई स्विकार्य नहुने देउवाको भनाई थियो। ‘न्याय परिषदले गर्ने निर्णय राजनीतिक भन्दा बाहिर हुनुपर्छ, उनले भने, ‘न्याय परिषदले न्यायाधीस सिफारिसमा राजनीतीकरण गर्न गर्नु हुँदैन।
संवैधानिक निकायको नियुक्तिमा सत्तापक्षले एकलौटी गरेको, तर त्यस्तो गर्न नपाइने देउवाको भनाई थियो। ‘संवैधानिक परिषदमा आफूले उपस्थित हुन नसक्ने पत्र पठाएको दिन बैठक बसेर संवैधानिक निकायमा नियूक्तीको सिफारिस गर्यो, उनले भने, ‘कि त मलाई परिषदमा राख्नै हुँदैन थियो।
तर राखीसकेपछि पत्राचार गरेर म उपस्थित हुन नसक्ने जानकारी गराउँदासमेत बैठक बस्नु अनुचित हो। यसको विरोधमा कांग्रेस आन्दोलनमा जान बाध्य हुने उनको भनाई छ।




























