डीएसपीको काज सरुवा, को-कहाँ ?

6.08K
shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले तीनजना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखमा डिएसपी श्यामु अर्यालको सरुवा भएको छ। पर्वतमा कार्यरत डिएसपी भुवनेश्वर तिवारीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ। तिवारी यअ सघि भएको प्रहरी उपरीक्षक (एसपी) बढुवामा छुटेका थिए।

इलाका प्रहरी कार्यालय चितवन टाँडीको इन्चार्जमा डीएसपी सन्तोष आचार्यलाई पठाईएको छ। टाँडीमा कार्यरत डिएसपी दयानिधि ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयमा ल्याइएको छ। ज्ञवालीलाई पनि प्रहरी उपरीक्षक (एसपी) बढुवामा छुटेका थिए।

जिल्ला प्रहरी कार्यालय बाँकेमा डीएसपी प्रकाश सापकोटालाई पठाइएको छ। बाँकेमा कार्यरत राजेन्द प्रसाद अर्याल बाँकेस्थित दंगा नियन्त्रण गणमा सरुवा भएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083