मन्त्रिपरिषद निर्णय : सवारी कर बढ्यो, सार्वजनिक सेवामा हड्ताल निषेध
वि.सं.२०७५ चैत २१ बिहीवार १७:५१
shares

काठमाडौं । सरकारले सवारी उपभोग कर बढाउने निर्णय गरेको छ। गत विहीबार बसेको मन्त्रिपरिषद बैठकले सवारी साधनहरुको सडक उपभोग दस्तुरमा वृद्धि गरी यस सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
उनका अनुसार बैठकले सार्वजनिक सेवामा हड्ताल निषेध गरेको छ। ‘सार्वजनिक हितका लागि आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ’, मन्त्री बाँस्कोटाले भने।
बैठकले युनाइटेड सिमेन्टस् प्रालिको नौबिसेस्थित सिमेन्ट कारखानास्थल सम्म जाने आउने औद्योगिक पहुँचमार्ग/सडकमार्ग निर्माण तथा सञ्चालन गर्नका लागि धादिङ जिल्लाको धुनिवेशी नगरपालिका ९ मा रहेको पोखरीडाँडा सामुदायिक वनको कुन ०.१७ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ।
































