विशेष महाधिवेशनका लागि राजनीतिक युद्ध मैदानको मुडमा देउवा

4.36K
shares

काठमाडौं। कांग्रेसका बहुमत जिल्ला सभापतिले आगामी शनिबार बोलाइएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आफूहरूले उठाउँदै आएका माग सम्बोधन नगरे विशेष महाधिवेशनका लागि हस्ताक्षर सुरु गर्ने निर्णय लिएका छन्।

बुधबार र बिहीबार राजधानीमा बसेको संस्थापन इतरपक्षीय सभापति भेलाले स्वतः प्रतिनिधिको प्रावधान हटाउन र आरक्षण सुविधा दोर्‍याउन नपाउने व्यवस्था गरी पार्टीको अघिल्लो निर्णय सच्याउन पार्टी नेतृत्वसँग आग्रह गरेको हो।

फागुन १२ को केन्द्रीय कार्यसमिति बैठकले स्वतः प्रतिनिधिको प्रावधान यथावत् राख्दै बहुमतबाट विधान पारित गरेको थियो। आरक्षणबारे नेताहरूलाई तजबिजी अधिकार दिने गरी विधानमा केही उल्लेख गरिएको छैन।

‘महासमिति बैठकको म्यानडेट रहेको, पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिबद्धता गरेका यी दुई विषयमा शनिबारको बैठकले पुनर्विचार गर्नेमा हामी आशावादी छौं,’ नुवाकोट कांग्रेसका जिल्ला सभापति जगदीशनरसिंह केसीले भने, ‘भएन भने विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सुरु गर्न बाध्य हुने छौं।’

सभापति शेरबहादुर देउवा पार्टीभित्रै राजनीति लडाई लडने मुडमा छन्। उनले आज आन्तरिक छलफल गर्दै छन् । शनिबारको बैठकमा कसरी पेश हुने भन्नेमा उनले तयारी गर्ने छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083