आइपिएल क्रिकेटमा दिल्ली हैदरावादसँग पराजित
वि.सं.२०७५ चैत २२ शुक्रवार १०:१९
shares

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा गएराति दिल्ली डेयर डेभिल्सलाई सनराइजर्स हैदारवादले ५ विकेटले पराजित गरेको छ। घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २९ रन बनायो। उसका लागि कप्तान श्रीयाज इयरले सर्वाधिक ४३ रन बनाए भने अक्षर पटेल २३ रनमा नटआउट रहे।
दिल्लीलाई सस्तैमा समेट्न भुवनेश्वर कुमार, मोहम्मद नावी र सिद्धर्थ कौलले समान दुईरदुई तथा रासिद खान र सन्दिप शर्माले एकरएक विकेट लिए। १३० रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको हैदरावादले ९ बल बाँकी छँदै ५ विकेट गुमाएर लक्ष्य भेट्टायो।
उसका जोनी ब्यरिस्टोले सर्वाधिक ४८ रनको योगदान दिए। दिल्लीमा आवद्ध नेपाली लेग स्पिनर सन्दिप लामिछाने गएराति अन्य खेलको तुलनामा महंगो सावित भए। उनले ४ ओभरमा १ विकेट लिएर ३२ रन दिए। जितसँगै हैदरावाद ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।





























