‘नेपाली राजनीतिमा मन्त्री यादव मधेशको मात्र होईन, देश कै पिलर हुन्’

6.76K
shares
भुमिराज अधिकारीकाठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको रुपमा सपथ लिएका थिए। नेपाल सरकारका मन्त्री मातृका यादवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समालेका छन्।सन् १९५८ मा धनुषा जिल्लामा जन्म भएका यादवले वातावरण विनाश हुने गरि अवैध ढुंगाखानी सञ्चालन गर्ने माथि कारवाही नगरेकोले ललितपुरका तत्कालिन एलडीओ (स्थानीय विकास अधिकारी) लाई पहिलो पटक मन्त्री हुँदा ट्वाइलेटमा थुनेका कारण चर्चामा आएका थिए।२०३४ मा नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा शुरु गरेका मातृका यादव वि.स २०३६–३८ सम्म सिरहा क्याम्पसमा दुई पटक अनेरास्ववियुको सभापति हुदै दुई पटक मन्त्री बन्न सफल नेता हुन्। २०६५ माघ २९ गते माओवादी पुर्नगठन गर्ने भन्दै नेकपा (माओवादी) को संयोजक भएका यादव पछि पुन प्रचण्ड नेतृत्वको माओवादी मानै फर्किएका थिए।धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा चुनाव जितेका मातृका यादव मधेशमा प्रभावकारी नेताको रुपमा चिनिन्छ। मातृकाप्रसाद यादवले त्रिभूवन विश्वविद्यालयबाट शिक्षा शास्त्रमा प्रविणता प्रमाणपत्र (आईएड) सम्मको शिक्षा हासिल गरेका हुन्। अहिले दुई तिहाई बहुमत प्राप्त नेकपाको सरकारमा उद्योग मन्त्रलालयको जिम्मेवारी कुशलताका साथ निवाही रहेका छन्।हिजो जनयुद्धकाल देखि नै उनी एक कुशल राजनीतिक ब्यक्तीत्व हुन्। उनले कहिल्लै पनि एकल मधेशको माग गरेनन् , हिजो पनि उनी मधेश आन्दोलनको एक पिलर नै थिए। अहिले पनि मधेसशको एक पिलर नेताको रुपमा नै चिनिन्छ उनलाई। मधेसका तमाम् जनताहरु उनकै समथमा छन् , उनकै पक्षमा छन् , उनले नै सिकाएकै उनले नै देखाउको बाटोमा हिडि रहेका छन्। उनले कहिल्लै पनि हिमाल,पहाड, तराई भनेनन् मात्र भने ‘हाम्रो देश नेपाल हो’।हिमाल,पहाड,तराई जहाँ गए पनि जँता गए पनि सबैलाई समान व्यवहार गर्ने नेताका रुपमा चिन्न सकिन्छ उनलाई। जनताको लागि काम गर्ने नेता माथी गलत प्रचार हुनु भनेको सरकार असफल हुनु जस्तै हो। उनी माथी नेतृत्वले संरक्षण गर्न जरुरी छ। नेपाली राजनीतिमा मधेशको मात्र पिलर होईनन्, उनी त देशको नै एक पिलर हुन्।मन्त्री यादवलाई असफल बनाउन विभिन्न गिरोह शक्तीहरु लागि परेका छन्। ओली सरकारमा उनी एक कुशल मन्त्री पनि हुन् , तर उनी माथी किन बारम्बार झुटा आरोप लाग्छन् त ? आखिर उनलाई किन सरकार नेतृत्वले संरक्षण गर्न सकि रहेको छैन। उनी माथीको प्रहार भनेको सरकार माथीको प्रहार हो, उनी यस कारण कमजोर छन् कि, उनी कुनै कसैको प्रलोभनमा फस्दैनन् कहिल्लै गलत काम भने गर्दैनन् , गर्छन त उनी देश र आम जनताको लागि गर्छन्।उनी माथि विभिन्न ब्यवसायिहरुले आर्थीक प्रलोभन देखाउदै आएका थिए, तर उनले त्यो सुन्न नै चाहेनन् किन कि उनी घुस खान नजान्ने नेताका रुपा पनि चिनिन्छन् उनले घुस नखाएकै कारणले उनी माथी प्रहार हुन थालेको छ। तर विभिन्न कर्मचारीहले व्यापारीहरु बाट काम गरि दिन्छु भन्दै घुस खाए तर कर्मचारीले काम भने गरि दिएनन् त्यस पछि मन्त्री यादव विरुद्ध दुष्प्रचार भई रहेको छ।उद्योग मन्त्री विरुद्ध गलत प्रचार हुनुमा यस्ता छन् कारण

-व्यापारीसँग मिलेनन् मन्त्री यादव -कर्मचारीले व्यापारी बाट पैसा लिए तर मन्त्रीले काम गरि दिएनन् -मन्त्री यादवले घुस नखाएकोले उनी माथी व्यापारीले गरे राजनीति षड्यन्त्र -निस्वार्थी नेता भएकाले जनताको काम गरेकोले उनी माथी गलत प्रचार

सम्बन्धीत समाचारउद्योग वाणिज्य मन्त्रालयको एक वर्ष : औद्योगिक क्षेत्रमा सुधारउद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले एक वर्षको अवधिमा उद्योग बाणिज्य क्षेत्रमा नीतिगत सुधार देखि औधौगिक क्षेत्रमा धेरै सुधारका काम गरेका छन्। मन्त्रालय सम्हालेका मन्त्री मातृका प्रसाद यादवले कार्यकालको एक वर्षको अवधिमा उद्योग बाणिज्य क्षेत्रमा नीतिगत सुधार देखि औधौगिक क्षेत्र सुधारको काम गरेका छन् ।रुग्न भएका उद्योगको स्तरोनती गर्ने काम मन्त्री यादवले गरेका छन्। उद्योग बाणिज्य क्षेत्रमा विभिन्न नीतिगत सुधारका काम गरेका गरिएको छ। उदयपुर सिमेन्ट उद्योगमा किलिन सेल परिवर्तन गरी प्रतिदिन चार सय ५० मेट्रिक टन उत्पादन भएकोमा बढेर ६ सय मेट्रिक भइ रहेको छ।यस्तै हेटौडा सिमेन्ट उद्योगको स्तरोनती गरी क्षमता बृद्धि गरी हाल सम्मकै सवै भन्दा बढी खुद नाफा १६ करोड ३६ लाख हासिल गर्न सफल भएको छ। यसको उत्पादन क्षमतामा बृद्धि गरी दैनिक ६ सय मेट्रिक टन पुगेको छ। यस्तै जनकपुर चुरोट कारखाका कर्मचारीहरुको दायित्व पुरा गरी विदाई गरिएको छ। साथै उद्योगमा रहेका पुराना सवारी साधन तथा कवाडी समानहरुको लिलामी कार्य सम्पन्न गरिएको छ।मन्त्रालयले गोरखकाली रबर उद्योगको सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा कार्यदल गठन भई प्रतिवेदन कार्यान्वयनको पहिलो चरणमा कारखानामा रहेका कर्मचारीलाई अनिवार्य अवकाशको निर्णय गरेको छ। यस्तै हेटौडा कपडा उद्योग निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्ने गरी पट्टाबाहालमा दिने गरी काम अगाडि बढेको छ।चार सय ९९ उद्योगमा एक खर्ब ९८ अर्ब वैदेशिक लगानी प्रस्तावविदेशी लगानीमा सञ्चालन हुन लागेको चार सय ९९ वटा उद्योगमा एक खर्ब ९८ अर्ब रुपैयाँ प्रस्ताव गरिएको छ। ती उद्योगबाट ५ हजार एक सय ५२ जनालाई रोजगारी दिने अनुमान गरिएको छ। वैदेशिक लगानीमा सञ्चालन गर्नका लागि चार सय १६ विदेशी लगानी स्वीकृत भएका छन्। कृषि तथा वनजन्य, पर्यटनमुुलक, सेवामुलक, उत्पादनमुलक, निर्माण, ऊर्जा र सुचना प्रसारण तथा सञ्चार प्रविधिमा लगानी गर्नका लागि प्रस्ताव आएको छ।प्रक्रियागत सरलीकरणउद्योग दर्ता देखि बहिर्गमन सम्मका सेवा सुविधाहरु एकै स्थानबाट उपलव्ध गराउने उदेश्यले एक विन्दु सेवा केन्द्र स्थापना गर्ने तयारी भइ रहेको छ। उद्योग विभागको परिसरमा एकल विन्दु सेवा केन्द्र र लगानी सहजीकरण केन्द्रको पुर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।कम्पनी रजिष्ट्रारको कार्यलयमा एक लाखसम्मको भुक्तानी अनलाईनबाट हुने गरी अनलाईन भुक्तानी सेवा सुरु गरिएको छ। यस्तै द्धिपक्षीय लगानी सम्झौताको मस्यौदा तयार भई सरोकारवाल निकायमा सुझावको लागि पेश गरिएको छ।औधौगिक पुर्वाधार निर्माणभैरहवामा विशेष आर्थिक क्षेत्रको लागि मास्टर प्लान तयार भइ सकेको छ। ५२ विघा जमिनमा ६९ वटा प्लट रहने छन् । सेजमा शक्ति मिनरलस उद्योगको निर्माण कार्य भइ रहेको छ। दुई महिना भित्र उत्पादन सुरु गर्ने सो उद्योगले काम गरिरहेको छ। सेजमा खनिज, प्रशोधन, प्लास्टिक, स्टिल, जुत्ता चप्पल, हर्वल प्रशोधन, कृषिजन्य उद्योग सञ्चालन हुन लागेका छन्।यस्तै सिमरा विशेष आर्थिक क्षेत्रमा एक सय ६५ विघा जग्गामा उद्योगहरु सञ्चालन गर्ने तयारी गरिएको छ। पाँचखाल विशेष आर्थिक क्षेत्र निर्माणको प्रक्रिया अगाडि बढेको छ।मह, पश्मिना, कफीको गुणस्तर स्वीकृतमह पश्मिना, प्लाई, कफी, पीपीआर पाइप, हेल्मेट, जस्तापाता, वाटर मिटरको नेपाल गुणस्तर स्वीकृत गरिएको छ। इलेक्ट्रीकल सम्बन्धी क्यालिब्रेशन सेवा विस्तार गरिएको छ।बाणिज्य तथा आपुर्तितर्फ नीतिगत र कानुनी सुधारनेपालमा भइरहेका गुणस्तरहीन सामग्रहरुको आयातलाई निरुत्साहित गर्न सेफगार्ड, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ विद्येयक मस्यौदा मन्त्रीपरिषदमा पेश गरिएको छ।यस्तै नेपाल चीनबीच भएको ऐतिहासिक पारवहन तथा यातायात सम्झौता लाई कार्यान्वयनमा ल्याउने प्रोटोकलको टुंगो लगाइएको छ। यसबाट नेपालका लागि चार थप सामुन्द्रिक बन्दरगाह, तीन सुख्खा बन्दरगाह तथा पारवहन मार्गहरु उपलव्ध हुने छ। नेपालको पारवहनलाई इनल्याड जलमार्गको उपयोगद्धारा विविधिकरण गर्ने र नेपालाई समुन्द्रसँग जोडने तथा सोका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि काम भइ रहेको छ।नेपालको आयात र निर्यातलाई व्यवस्थित गर्ने सम्बन्धमा सुचित आदेश सम्बन्धी प्रस्ताव मन्त्रीपरिषद समक्ष पेश गरिएको छ। यस्तै नेपाल खाद्य संस्थान र नेशनल टे«डिङग लिमिटेडलाई रुपान्तरण गरी राष्ट्रिय आपुर्ति कम्पनी गठन गर्नका लागि मन्त्रीपरिषद्ले सेैद्धान्तिक स्वीकृत दिएको छ।पुर्वाधार निर्माणभुकम्पले बन्द रहेको तातोपानी सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा पुनः निर्माण कार्य भइ रहेको छ। सन् २०१९ को डिसेम्बरभित्र सञ्चालनमा ल्याउने गरी तिव्ररुपमा निर्माण कार्य भइ रहेको छ। यस्तै रसुवा स्थित टिमुरे सुख्खा बन्दरगाह निर्माण कार्य सुरु भएको छ।यस्तै नेपाल भारत सीमा स्थित नेपालको दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह र एकिकृत जाँच चौकी निर्माण गर्नका लागि तयारी भइ रहेको छ। काठमाडौको चोभारमा अन्तराष्ट्रिय स्तरको सुख्खा बन्दरगाह निर्माणकार्य सुरु भएको छ।पेट्रोलियम पदार्थको आपुर्ति नियमित र चुहावट नियन्त्रण गर्ने उदेश्यले निर्माण हुन लागेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाई निर्मााण्को काम अन्तिम चरणमा पुगेको छ।यस्तै पेट्रोलियम पदार्थको न्युनतम ९० दिनसम्मको मागलाई धान्ने गरी भन्डारण क्षमता बृद्धि गर्न भन्डारण गृह निर्माण कार्यको लागि नुवाकोटको बट्टार, तनहुँको आँबु खैरेनी र रुपन्देहीको भलवारीमा जग्गा पहिचान गरी चीन सरकारको सहायेगमा निर्माण कार्यको अध्ययन गर्न चिनिया टोली मगाउने काम भइरहेको छ।उपभोक्ता हित संरक्षण अन्र्तगतउपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनमा ल्याएको छ। बजारमा हुने मिसावट, कृत्रिम अभाव, कालाबजारी, तौलमा कमी, म्याद नाघेको सामान विक्रि, म्याद नाघेका सामान विक्रि भई नियन्त्रण गर्नका लागि विभिन्न तिन हजार आठ सय ५९ वटा व्यवसायिक फर्मको अनुगमन गरिएको छ।उपभोक्ता ठगी गर्ने ९६ वटा व्यवसायिक फर्मलाई जरिवाना गरिएको छ। यस्तै तीन वटा फर्मलाई कारबाहीका लागि अदालतमा मुद्धा दायर गरिएको छ।समर्थन मुल्यमा किसानबाट धान खरिदकिसानलाई राहत दिनका लागि पहिलो पटक धानको समर्थन मुल्य तोकी नेपाल खाद्य संस्थानमार्फत ६१ हजार एक सय ५९ क्विन्टल धान र १२ हजार क्विन्टल गहुँ खरिद गरिएको छ। नेपाल खाद्य संस्थनको खाद्य सुरक्षा भन्डारणमा ९ हजार चार सय ९४ मेट्रिक टन चामल र खाद्य सुरक्षा बैंकमा आठ हजार मेट्रिक टन चामल मौज्दातमा राखिएको छ।आखिर उद्योगमन्त्री यादव विरुद्ध किन भई रहेछ दुष्प्रचार ?विगतमा उद्योग मन्त्रालयको नेतृत्वमा लगानी सम्मलेन हुन्थ्यो। यो परम्परालाई अन्त्य गर्दै यसपाली सरकारले लगानी सम्मेनको नेतृत्व अर्थ मन्त्रालयलाई सुम्पियो। सोही अनुरुप लगानी सम्मेलन सफल तुल्याउन गठित निर्देशक समितिको संयोजकको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले पाएका थिए।आफ्नो मन्त्रालयले सम्मेलन हाँक्न नपाएकोमा उद्योगमन्त्री मातृकाप्रसाद यादव सरकारसँगै रुस्ट बनेको खबर सार्वजनिक भएको थियो। आयोजकले दिएको ‘मायाको चिनो’ लिन उद्योगमन्त्रीले नमानेको भन्दै सञ्चार माध्यमहरुले यसैलाई सम्मेलनप्रति यादवको असन्तुष्टिका रुपमा व्याख्या गरि दिएका थिए। तर मन्त्री यादवले कार्यक्रममै पत्रकारलाई सम्बोधन गर्दै प्रस्टीकरण दिएका थिए, ‘आफू स्वयं आयोजक भएकोले उपहार नलिएको हो। अन्यथा होइन। फेरि यही विषयलाई समाचार बनाउनु होला नि।’कार्यक्रममै प्रस्टीकरण दिंदादिंदै सञ्चारमाध्यमले गलत व्याख्या सहित समाचार दिनुले आफूमाथि राजनीतिक प्रतिशोध लिएको यादवको दाबी छ। ‘गलत बुझाई होला भनेरै मैले मञ्चबाटै पत्रकार साथीहरुलाई उपहार नलिनुको कारण राखेको थिएँ। मन्त्री यादवले भने तर ठीक विपरित समाचार आउनु भनेको ममाथि राजनीति हुनु हो।निरन्तर निशानायो नै मन्त्री यादव विरुद्धको पहिलो दुष्प्रचार भने होइन । एक अनलाइनले सम्मेलन शुरु भएकै दिन ‘लगानी सम्मेलनमा अर्थमन्त्री हिरो, उद्योगमन्त्री जिरो’ शीर्षकमा समाचार लेखेको थियो। समाचारमा जनाइए अनुसार सम्मेलनमा उद्योगमन्त्रीको भूमिका शून्य छ। तर मन्त्री यादवले भनेका थिए मुलुकलाई लगानी चाहिएकोले सबैले ठूलो चित्त बनाएर त्यस्तो वातावरण बनाउन लाग्नु पर्नेमा जोड दिएका थिए।उनले भने, ‘देश बनाउने विषयमा कसले कार्याक्रमको नेतृत्व लियो वा लिएन भनेर अड्किनु हुँदैन। सरकारले व्यवस्थापन गरेको विषयमा नकारात्मक टिप्पणी गर्नु शोभनीय होइन।’ नाम चलेका अन्य केही अनलाईनहरुले समेत मन्त्री यादव विरुद्धका समाचार प्रकाशन गरेका थिए। सिलसिलेवर रुपमा सार्वजनिक भएका यी सामग्री हेर्दा समेत यादव विरुद्ध राजनीतिक षड्यन्त्र भएको सहजै अनुमान लगाउन सकिन्छ।भुल्न नहुने अर्को तथ्य के हो भने सरकारको मन्त्रिपरिषद हेरेफेरको हल्ला चल्दा समेत यादवलाई प्रतिस्थापित हुने सूचिमा राखियो। अपेक्षित नतिजा दिन नसकेको भन्दै केपी ओली नेतृत्वको सरकारका केही मन्त्री फेरबदल हुने हल्ला चलि रहेको छ। कतिसम्म भने प्रधानमन्त्री ओलीले मन्त्रीहरुको कार्यसम्पादन मूल्यांकनको कार्ड तयार गरेको दाबी गरिएको छ। मूल्यांकन कार्डमा कुन मन्त्रालयको कार्यसम्पादन कस्तो छ भन्ने आधिकारिक रुपमा सार्वजनिक भने भएको छैन। आफू अनुकूल अनुमान भने गरि रहेका छन्। स्थापित तथ्यले भने यादवको कार्यकालमा मुलुकलाई फाइदा पुग्ने केही दीर्घकालीन निर्णय भएको छ। सरकारमा उनी यस कारण कमजोर हुन् कि उनी कहिल्लै पनि घुस लिएर काम भने गर्दैनन् उनी निस्वार्थी नेता पनि हुन्।प्रभावकारी उपस्थितिसार्वजनिक केही तथ्यांक केलाउँदा उद्योग मन्त्रालयको कार्यसम्पादन औसत भन्दा माथि देखिन्छ। चीनसँगको पारवहन तथा वाणिज्य सम्झौताको प्रोटोकलमा हस्ताक्षर, वर्षौ पुरानो कालोबजारी ऐनलाई विस्थापित गरेर उपभोक्ता हित संरक्षण ऐन उद्योग मन्त्रालयले ल्याई सकेको छ। स्मरण रहोस्, प्रोटोकलमा हस्ताक्षर पछि नेपालले व्यापारमा समुद्रसम्मको पहुँच बनाएको छ, जसको दीर्घकालीन फाइदा नेपालले पाउने छ। उपभोक्ता हित संरक्षण सम्बन्धी कानुन नहुँदा कालोबजारी गर्ने व्यावसायीले उन्मुक्ति पाउँदै आएका थिए।उद्योग मन्त्रालयले उद्योगहरुलाई पुनःजीवन दिने अभियान समेत थालेको छ। सरकारी लगानी रेहेका उदयपुर सिमेन्ट उद्योग, हेटौंडा सिमेन्ट उद्योग, जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग जस्ता सार्वजनिक संस्थानलाई चुस्त बनाउने प्रक्रिया थालिएको छ। उदयपुर र हेटौंडा सिमेन्ट उद्योग अहिले दुई दशक पछि नाफामा सञ्चालित छन्। बन्द भएका अन्य उद्योग पनि सञ्चालन गर्ने सरकारको योजना छ। ‘थला परेका उद्योगलाई नाफामूलक अवस्थामा पुर्‍याउने हाम्रो लक्ष्य छ,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको छ।आखिर को हुन् मातृका यादव?वि.सं २०३४ मा नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा शुरु गरेका मातृका यादव विसं २०३६/०३८ सम्म सिरहा क्याम्पसमा दुई पटक अनेरास्ववियुको सभापति बने।वि.सं २०३८ मा विद्यार्थीको सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य बनेका मन्त्री यादब त्यस पछि भूमिगत जीवन बिताए। उनी चौम (चौथो महाधिवेशन) का पोलिटब्यूरो सदस्य (पिबिएम) समेत हुन् ।जेल जीवन र लामो संघर्ष भोगेका उनले विसं २०३९ मा जेलबाट छुटे पछि पुनःपार्टीमा सक्रिय भए। विसं २०४० मा देव गुरूङको नेतृत्वमा विद्यार्थी संगठनमा केन्द्रीय सदस्य र पार्टीमा क्षेत्रीय ब्यूरो सदस्य बने।पार्टी पातलो मसाल, मोटो मसाल हुँदै एकता केन्द्र बन्दासम्म मातृका यादव क्रान्तिकारी धारमै सक्रिय थिए। विसं २०५०/५१ मा प्रचण्डको नेतृत्वमा रहेको एकता केन्द्रमा उनी संलग्न भए। विसं २०५९ मा सरकारसँग दोस्रो वार्तामा वार्ताटोलीको सदस्य बनेका थिए।अन्तरिम व्यवस्थापिका–संसद्मा वनमन्त्री बनेका उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालसँगको विवादका कारण मन्त्रीबाट राजीनामा दिएका थिए। विसं २०६४ मा संविधानसभामा समानुपातिकबाट सभासद् बने। पार्टीबाट अलग भई सभासद्बाट पनि राजीनामा दिएर उनी २०६५ माघ २९ गते माओवादी पुन :गठन गर्ने भन्दै नेकपा ९माओवादी०को संयोजक भएर आन्दोलनमा अघि बढेका थिए।यादवले दुई वर्ष अगाडि माओवादी केन्द्रसँग पार्टी एकीकरण गरेपछि मधेशको इञ्चार्ज पनि भएका थिए। धनुषा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादव मधेशमा प्रभावकारी नेताका रुपमा चिनिन्छन्।उनी माओवादी केन्द्रका तर्फबाट एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारको मन्त्रिमण्डलमा सहभागी भएको छ। मन्त्री यादवले त्रिभूवन विश्वविद्यालयबाट शिक्षा शास्त्रमा प्रविणता प्रमाणपत्र (आइएड) सम्मको शिक्षा हासिल गरेका छन्।

divya collage
unigloble collage