इरानमा अमेरिकी ‘प्रतिरोधी बजेट’

4.93K
shares

काठमाडौं । इरानमा अमेरिका विरोधि बजेट प्रस्तुत गरिएको छ । राष्ट्रपति हसन रुहानीले अमेरिकाद्वारा आफूविरुद्ध लगाइएको प्रतिबन्धको सामना गर्न ‘प्रतिरोधी बजेट’ घोषणा गरेका हुन् ।

अमेरिकी प्रतिबन्धबाट इरानमा परेको प्रभाव कम गर्न राष्ट्रपतिद्वारा पाँच अर्ब अमेरिकी डलर बराबरको बजेट आइतबार सार्वजनिक गरिएको हो। बजेटले अमेरिकी प्रतिबन्ध र इरानमा देशव्यापी चलेको आन्दोलनबाट इरानी अर्थतन्त्रमा परेको प्रभावलाई राहत दिने अपेक्षा गरिएको छ।

सरकारले अमेरिकी नाकाबन्दीका कारण इरानमा परेको प्रभाव कम गर्न ४ हजार ८८५ ट्रिलियन इरानी रियाल (झण्डै ३६ अर्ब अमेरिकी डलर) को ‘प्रतिरोधी बजेट’ले राहत गर्ने राष्ट्रपति रुहानीले बताए ।

अमेरिकी नाकाबन्दी र दबावका कारण इरानी जनता आर्थिक मन्दीको सामना गरिरहेको हुँदा नागरिकको क्रयशक्ति घटेको रुहानीले स्वीकार गरे। उनले इरानी जनताले अमेरिकाविरुद्ध सरकारको कार्यक्रममा साथ दिने बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083