बेलायतमा कन्जरभेटिभ् पार्टीलाई बहुमत
वि.सं.२०७६ मंसिर २७ शुक्रवार ०७:१८
4.64K
shares
shares

काठमाडौं । बेलायतको सत्तारुढ दल कन्जरभेटिभ् पार्टीले संसदीय निर्वाचनमा बहुमत हासिल गरेको छ ।
६५० सदस्यीय संसदमा सबै क्षेत्रको परिणाम नआउँदै कन्जरभेटिभ्ले ३२६ भन्दा बढी स्थानमा जित दर्ता गरेर बहुमत ल्याइसकेको छ ।
६३७ स्थानको परिणाम घोषणा हुँदासम्म प्रधानमन्त्री जोनसन बोरिसको पार्टीले ३५५ सिटमा विजयी भएको छ । २०१७ मा यो पार्टीले ३१७ स्थानमा मात्रै जितेको थियो ।
विपक्षी लेवर पार्टीले भने विगतमा जित हासिल गरेको क्षेत्र समेत गुमाउने देखिएको छ । लेवर पार्टीले २०२ स्थानमा जित हासिल गरेको छ । अघिल्लो निर्वाचनमा उसले २६२ सिट जितेको थियो ।


















