आईएसद्वारा ११ जना इसाईको घाँटी रेटेर हत्या

5.47K
shares

काठमाडौं । जिहादी समूह इस्लामिक स्टेट आईएसले नाइजिरियामा ११ जना इसाई धर्मावलम्बीको हत्या गरेको छ । आईएसको समाचार संस्था ‘अमाक’ले एउटा भिडियो सार्वजनिक गर्दै हत्याको दृश्य देखाएको हो।

बीबीसीका अनुसार आईएसले त्यसलाई अक्टोबरमा सिरियामा आफ्ना नेता र प्रवक्ता हत्या गरिएको बदलाको एउटा घटना भएको बताएको छ । ५६ सेकेन्ड लामो भिडिओमा घाँटी रेटेर मारिएको देखाइएका सबै पुरुष छन्। तर ती को हुन् भन्नेबारे विस्तृत जानकारी दिइएको छैन ।

आईएसले उनीहरूलाई नाइजिरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट केही हप्ताअघि नियन्त्रणमा लिइएको जनाएको छ । भिडिओ बिहीबार सार्वजनिक भएको हो । एक जनालाई गोली हानिएको छ भने अन्य १० जनालाई भुइँमा सुताएर टाउको काटिएको बीबीसीले जनाएको छ ।

आईएसका पूर्वनेता अबु बकर अल बग्दादी र प्रवक्ता अबुल हसन अल मुहाजिर अक्टोबर अन्त्यतिर सिरियामा मारिएका थिए । विश्लेषकहरूले स्पष्ट रूपमा क्रिस्मस उत्सवसँग भिडिओ सार्वजनिक गर्ने समय मिलाइएको देखिएको बताएका छन् ।