अफगानिस्तानमा ६९ तालिबानी लडाकूले गरे आत्मसमर्पण
वि.सं.२०७६ पुस २२ मंगलवार ०९:३५
15.68K
shares
shares

सिन्हवा । अफगानिस्तानको पश्चिमी प्रान्त घोरमा अफगान सैनिकसमक्ष ६९ जना तालिबानी लडाकूहरुले आत्मसमर्पण गरेका प्रान्तीय सरकारले मङ्गलबार जानकारी दिएको छ । अफगानिस्तान नेसनल आर्मी एएनए द्वारा गत एक हप्ताको अवधिमा तालिबानी लडाकूविरुद्ध कारबाही शुरु गरेको थियो ।
सोही कारबाहीको क्रममा यसै हप्ता करिब ३ सय तालिबानी लडाकूले आत्मसमर्पण गरिसकेका थिए । सोमबार साँझ मात्र ६९ तालिवान लडाकूले शाहरक जिल्लामा सेनामा आत्मसमर्पण गरेका गभर्नर गुलाम नासिर खाजेले सिन्हवालाई बताएको छ ।
आत्मसमर्पण गर्ने क्रममा तालिबान लडाकू समूहले सेनासमक्ष विभिन्न हातहतियार पनि हस्तान्तरण गरेका अधिकारीहरुले जनाएका छन् ।































