इरानमा युक्रेनी जहाज दुर्घटना

6.51K
shares

काठमाडौं । दुर्घटनामा परेको जहाजको भग्नावशेष दुर्घटनामा परेको जहाजको भग्नावशेष । इरानमा बुधबार बिहान भएको युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाजमा रहेका सबै यात्रु र चालक दलका सदस्य मरेको आशंका गरिएको छ ।

१७० यात्रु र १२ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७-८०० जहाज बुधबार बिहान स्थानीय समयअनुसार सवा ६ बजेतिर तेहरानको इमाम खामोनी विमानस्थलनजिकै दुर्घटनामा परेको थियो । इरानका सरकारी सञ्चारमाध्यमहरूले युक्रेनको राजधानी केइभ जान लागेको जहाज टेकअफ भएको केहीबेरमै प्राविधिक समस्या आएपछि दुर्घटनामा परेको जनाएका छन् ।

दुर्घटनापछि चार वटा हेलिकप्टर र दर्जन बढी एम्बुलेन्स उद्धारमा खटिएका थिए । तर जहाजमा आगो लागेकाले कसैलाई पनि जिवित फेला पार्न सकिएको छैन । इरानमा रेडक्रसको काम गर्ने इरान रेड क्रिसेन्टले दुर्घटनामा कोही बाँच्ने सम्भावना नरहेको बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

सामाजिक सञ्जालहरूमा सार्वजनिक भएका भिडिओमा उक्त जहाज हल्लिँदै आएर जमिनमा बजारिएको देखिन्छ । पछिल्लो समय इरान-अमेरिका सम्बन्धमा तनाव चुलिएको छ । बुधबार बिहानमात्रै इरानले इराकस्थित दुइटा अमेरिकी सैन्य अड्डामा मिसाइल गरेको छ । जहाज दुर्घटनामा भने अमेरिकासँगको तनावको सम्बन्ध नभएको जनाइएको छ ।

बोइङले उक्त जहाज सन् २०१६मा एयरलाइन्सलाई हस्तान्तरण गरेको थियो । गत वर्ष बोइङका ७३७ म्याक्स मोडलका दुई जहाज लगालग दुर्घटनामा परेपछि अहिले उक्त जहाजको उत्पादन बन्द गरिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083