नयाँ भारतीय राजदूतमा विनय मोहन चयन

6.58K
shares

काठमाडौं। नेपालका लागि नयाँ भारतीय राजदूतका रुपमा विनय मोहन क्वात्रा चयन भएका छन् । यसअघि फ्रान्सका राजदूत रहेका क्वात्रालाई भारतले नेपालका लागि राजदूतका रुपमा पठाउन लागेको हो । सन् १९८८ मा उनी कूटनीतिक सेवामा प्रवेश गरेका क्वात्रा यसअघि सन् २०१७ अगस्टसम्म फ्रान्सका लागि भारतीय राजदूत रहेका थिए। उनले भारतीय विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवका रूपमा काम गरिसकेका छन् ।

सन् २०१० मेदेखि सन् २०१३ जुलाइसम्म उनले अमेरिकाको वासिङ्टन डिसीस्थित भारतीय दूतावासमा काम गरेका थिए। उनी भारत र भारतबाहिर विभिन्न कूटनीतिक मिसनमा पनि सहभागी थिए। उनले सार्क सचिवालयमा सन् २००६ देखि २०१० सम्म निर्देशकको रूपमा नेपालमा बसेर काम गरेका थिए ।नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले आफ्नो कार्यकाल सकाएर स्वदेश फर्किएपछि क्वात्रा नेपालको राजदूतका रुपमा आउने भएका हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083