नेकपा बैठकः छलफलका लागि छानिए १५ टोलीका नेता

6.19K
shares

काठमाडौं । मंलबारबाट शुरु भएको सत्तारुढ दल नेकपाको केन्द्रीय कमिटी बैठकमा आज बिहीवार समूहगत छलफल जारी रहेको छ ।

पार्टी कार्यालय धुम्बाराही, पेरिसडाँडा र राष्ट्रिय सभागृहमा समूहगत छलफल जारी रहेको हो । बुधवारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल समूहगत रुपमा हुने भएको हो । जसका लागि १५ वटा समूह बनाइएको छ ।

प्रत्येक समूहमा २९ जना केन्द्रीय सदस्य राखिएको छ । बर्णानुक्रम अनुसार २९ जना सदस्यलाई एउटा समूहमा राखेर छलफल चलाइएको छ । छलफलका निर्कष टोली नेताले केन्द्रीय समितिको बैठकमा पेस गर्ने कार्यक्रम रहेको छ ।

त्यसका लागि समूहमा टोली नेताको चयन थालिएको छ । जसमध्ये अधिकांश जसो समूहले टोली नेताको चयन गरेका छन् । २ नम्बर समूहमा टोली नेताको चयनका लागि मतदान नै हुने तयारी भएको बेलामा अन्त्यमा सहमति जुटेको छ ।

कुन समूहको टोली नेता को छानिए:

१ नम्वर टोलीको नेता–उर्मिला अर्याल र आनन्द पोखरेल

२ नम्बरको टोली नेता– कमला रोका

३ नम्बर टोलीको नेता– खिमलाल भट्टराई

४ नम्बर टोलीको नेता– जगन्नाथ खतिवडा

५ नम्बर टोलीको नेता– ठाकुर गैरे

६ नम्बर टोलीको नेता–दिनानाथ शर्मा

७ नम्बर टोलीको नेता– पूर्णकुमारी सुवेदी

८ नम्बर टोलीको नेता– बिन्दा पाण्डे

९ नम्बर टोलीको नेता– भगवती चौधरी

१० नम्बर टोलीको नेता– युवराज ज्ञवाली

११ नम्बर टोलीको नेता– राजेन्द्र राई

१२ नम्बर टोलीको नेता –रेणु दाहाल

१३ नम्बर टोलीको नेता– लेखनाथ न्यौपाने

१४ नम्बर टोलीको नेता –राम कार्की

१५ नम्बर टोलीको नेता– हिमाल शर्मा


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083