पर्यटन बर्षको प्रचारप्रसारका लागि गरिने सबै कार्यक्रम स्थगित
वि.सं.२०७६ फागुन १७ शनिवार २०:५६
7.85K
shares
shares

काठमाडौँ ।
नेपाल पर्यटन बर्ष २०२० को प्रचारप्रसारका लागि बिदेशमा गरिने कुनै पनि कार्यक्रम नगरिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण बर्ष प्रवर्द्धनका सबै कार्यक्रम स्थगित गरिएको जानकारी जनाएका छन्।
उनले कोरोना भाइरसको संक्रमणका कारण विश्वभर गरिने नेपालको पर्यटन प्रचार तथा प्रसारका सबै कार्यक्रम स्थगित गरिएको बताईएको छ । २० लाख पयैटक नेपाल भित्र्याउने लक्ष्यका साथ सुरु भएको पर्यटन वर्षको सुरुमा नै कोरोनाका कारण धक्का लागेको छ।

















