संघीयता र धर्म निरपेक्षतामा जनमतसंग्रह मुल एजेन्डा : साझा पार्टी

Nepal Life Insurance Long Ad

बुटवल ।

साझा पार्टीले धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रह गर्नु पर्ने निर्णय गरेको छ । नेपालमा धर्मनिरपेक्षता र संघियता विवादित बन्दै गएकाले यी विषयमा साझा पार्टीले जनमत संग्रहको पक्षमा उभिने बताएको हो ।

लुम्बिनीमा तीन दिनसम्म भएको सो पार्टीको राष्ट्रिय भेलापछि जारी लुम्बिनी घोषणापत्रलाई शनिवार बुटवलमा सार्वजनिक गर्दै केन्द्रिय संयोजक रविन्द्र मिश्रले आवधिक निर्वाचनले दिने निर्णयभन्दा जनमत संग्रहको निर्णय शक्तिशाली र परिवर्तनकारी मानिन बताउनु भयो ।

भएकोले देशको दुरगामी भविस्यमा असर पार्ने विषयमा जनमत संग्रह गर्नु उपयुक्त हुने बताउनु भयो । धर्मनिरपेक्षता र संघियताबारे जनमत संग्रहमा जानुपर्ने बताउनु भएका मिश्रले आफ्नो पार्टीसंग विचार मिल्ने व्यक्ति, समुह र राजनितिक शक्तिहरुलाई सहकार्य र एकताका लागि आव्हान गर्ने बताउनु भयो ।

धर्मनिरपेक्षताको माग गर्दै हिंडेको राप्रपा र संघियताको विपक्षमा उभिएको राष्ट्रिय जनमोर्चासंग तपाईहरुको एकता हुनसक्छ भन्ने पत्रकारहरुको प्रश्नमा संयोजक मिश्रले सुसंस्कृत राजनिति गर्ने, भ्रष्टाचारविरुद्धमा उभिने र आफहरुसंग समान सोंच र विचार राख्ने व्यक्ति समुह र राजनितिक शक्तिसंग एकता र सहकार्य हुनसक्ने बताउनु भयो ।

त्यस्तै देशमा बढिरहेको भ्रष्टाचारलाई निर्मुल पार्न २०४६ सालपछि राजनैतिक र प्रशासनिक क्षेत्रको उच्च ओहोदामा बसेका व्यक्तिहरुको सम्पत्ति छानविन गरी गलत प्रकृयाबाट आर्जन गरेको सम्पत्तिलाई राष्ट्रियकरण गर्न भ्रष्टाचार विरोधी अभियानलाई देशव्यापी बनाउने उहांले बताउनु भयो ।

यसैबीच संयोजक मिश्रले संचार तथा सुचना प्रविधि मन्त्री गोकल बास्कोटाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली न्यायाधीश बनेको बताउनुभयो । घुस रकम मागेको आरोप लागेपछि मन्त्रीबाट राजिनामा दिएको व्यक्तिको पक्षमा देशको प्रधानमन्त्री जस्तो व्यक्तिले वकालत गर्नु अशोभनीय भएको उहांले बताउनु भयो ।

साझा पार्टीको राष्ट्रिय भेलाले २०७८ जेटमा पार्टीको महाधिवेशन गर्ने निर्णय पनि गरेको छ । पार्टी केन्द्रीय समितिको पुनर्संरचना गर्ने र २०७८ जेठ १५, १६ र १७ गते पार्टीको महाधिवेशन गर्ने लुम्बिनी घोषणा पत्रमा उल्लेख छ ।

साझा पार्टीको राष्ट्रिय भेलाले कुनै पार्टीमा आबद्ध नभएका तथा आवद्ध भएर पनि विकल्पको खोजीमा रहेका व्यक्ति, समूह र पार्टीहरूसँग संवाद अघि बढाइने निर्णय गर्दै सहकार्य र एकताका लागि समेत आहृवान गरेको छ ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

२०८१ चैत २८ बिहीवार

काठमाडौं ।  सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, ईचंगुनारायणद्वारा...