लकडाउन : विराटनगरको हाट्खोलाका ६५ परीवारलाई खाद्यान्न वितरण

11.57K
shares

विराटनगर । कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण गर्न सरकारले ‘लकडाउन’ सञ्चालन गरेसंगै गाउँ तथा विभिन्न समुदायमा, विभिन्न बाल गृह, बृद्धाआश्रम, मानवसेवा आश्रम, मजदुर, श्रमिक तथा भरिया र विद्यार्थीहरूमा राहतको अभाव देखिएको छ ।

यस्ता अभावलाई सहयोग पुराउन मानव सहयोगी हात नामक संस्थाले विराटनगरको हाट्खोलाका झन्डै ६५ परीवारलाई खाद्यान्न वितरण गरेको छ।
आश्रित परीवारलाइ उक्त संस्थाले राहत स्वरुप खाद्य सामाग्री वितरण गरेको हो।

न्यूनतम हप्ता दिनसम्म पुग्ने गरी खाद्यन्न राहत सामाग्री वितरण गरिएको उक्त संस्थाका सचीव ताजीम अन्सारीले जानकारी गराएका छन् ।

खाद्यान्नमा प्रत्येक परीवारमा-७ केजी चामल, एक हाफ तेल, दाल -१ केजी र नुन-१ केजी राहत स्वरूप वितरण गरिएको थियो । उक्त संस्थालाई साबिक अखिल क्रान्तिकारी बिराटनगर अध्यक्ष बिक्रम चौधरी , समाजसेवी शिव श्रेष्ठ , अथर अन्सारी , प्रजवल ढुङ्गाना र सरोज पोख्रेल लगाएतका व्यक्तिहरुले सहयोग गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083