ह्याक गर्न छोड्नुस, अब कोभिड-१९ डिटेक एप्स बनाउन लाग्नुस-संन्जय कालधन

16.61K
shares

संचार तथा सुचना प्रविधी मन्त्रालय अन्तर्गतको राष्ट्रिय सुचना प्रविधि केन्द्रले नेशनल पेमेन्ट गेटवे खरिद गरि संचालनमा ल्याउन लाग्दा आइटी विज्ञ अस्गरले क्षेत्रअधिकारको दुरुपयोग गरेर उक्त गेटवे राष्ट्रिय सुचना प्रविधि केन्द्रलाई संचालन गर्न नदिइ आफ्नै प्राइभेट कम्पनी इ-सेवा विभिन्न सरकारी निकायहरुमा जबर्जस्ती घुसाएर पदको दुरुपयोग गर्दै आइटी फिल्डमा आफ्नो प्रभुत्व जमाउदै आएको छ।

नेपालीहरुको गोपनियताको हक एउटा निजि कम्पनीको मालिक आइटीविज्ञ बाट हनन हुन्छ र उनै प्रधानमन्त्रीका आइटी विज्ञ ह्याकर बन्छन् । यसरी अस्गर अलि जस्ता ह्यकहरु प्रधानमन्त्री ज्युको पक्षपोषणमा रहनु हाम्रो लागी दुर्भाग्य हो। कुनै पनि व्यक्तिको गोप्य विषय वा सूचना र बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको रकम अन्य सबै सूचना एउटा ह्याकरको पंहुचमा हुनु
सामान्य विषय भने होइन।

बैंक,वित्तीय संस्था तथा अन्य न्युज साइटहरु अस्गर अलिकै गेटवे प्रयोग गर्नुपर्ने हुन्छ त्यही गेटवे मार्फत चाहेको खण्डमा ह्याक गरि सजिलै जुनसुकै व्यत्तीको इन्फर्मेसन निकाल्न सक्छ, अनि हामी सुरक्षीत छौं भन्न सकिदैन ।

समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इ-सेवाको कुनै सम्बन्ध नरहेको भन्दा इ-सेवा विवादित छैन है भन्ने अभिप्रायले लामो विज्ञप्ति मार्फत इ-सेवा चोखो छ है भन्न खोजियो तर दुबै कम्पनीको मुख्य मालिक ह्याकर अस्गर अलि नै हो भनेर सार्वजनिक नै भैसकेको छ भने अब इ-सेवा प्रयोगकर्ताहरुलाइ भ्रममा राखिराख्न अस्गर अलि प्राय असफल भैनै सकेका छन्।

प्रधानमन्त्री ज्यु ले ह्याक गर्न हैन, आइटी मार्फत समृद्ध नेपाललाई सघाउन आइटी सल्लाहकारको भुमिकामा राखिएको हो । ह्याक गर्न र आफ्नो अधिकारको दुरुपयोग गरि रातारात अर्बौंको मालिक बन्न भने हैन।

जनताको सेवा गर्न राखिएको व्यक्तिले साच्चिकै अब आफुलाइ जनताको सेवा समर्पित गर्नु पर्छ ।

त्यसैले हाम्रो आग्रह छ, अब ह्याक गर्ने मानसिकता छोडेर कोभिड-१९ डिटेक गर्न सक्ने एप्स डेभलप गरेर यो महामारी बाट बचाउन सक्नु हुन्छ। यस तर्फ तपाईंको ध्यान जानू पर्छ।

आज अन्य आइटी कम्पनीले कोभिड-१९ डिटेक गर्न सक्ने एप्स डेभलप गर्छु भनेर प्रपोजल दिदा पनि निर्णय गर्न किन ढिलाइ भैरहेको छ भन्ने सूचना प्राप्त भएको छ।

चिनमा भाइरस नियन्त्रणमा लिन अलिबाबाले डेभलप गरिएको एप्सबाट ठूलो भुमिका रहेको विश्व जानकार छ। त्यसैले अन्त्यमा: हाम्रो आग्रह छ, छिटोभन्दा छिटो कोभिड-१९ डिटेक गर्ने एप्स डेभलप गर्ने लगायतको अन्य आधुनिक प्रविधिहरुको प्रयोग गरि कोरोना भाइरस नियन्त्रणमा प्रविधिको विकास गर्न समेत सरकारलाई माघ गर्द्छौ!

लेखक संन्जय कालधन अनेरास्ववियूू केन्द्रिय सदस्य हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083