काठमाडौँमा २ जना नर्समा देखियो कोरोना संक्रमण ‘पोजेटिभ’
वि.सं.२०७७ वैशाख ९ मंगलवार २१:३७
11.86K
shares
shares

काठमामाडौँ ।
मंगरबार काठमाडौँमा २ जना नर्सलाई कोरोना संक्रमण पोजिटिभ देखिएको छ । उनीहरुको आरडिटी परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको हो ।
त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा २ पटक गरिएको र्यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो ।
आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरुलाई पीसीआर विधिबाट परीक्षण गरिने भएको छ ।
उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको जनाईएको छ । आइसोलेसनमा राखिएका उनीहरुको पीसीआर विधिबाट परीक्षण भईरहेका छ ।




























