इटालीयन सिरी ए अगस्टमा सर्‍यो

5.77K
shares

लन्डन, एजेन्सी ।

कोरोना भाईरसका कारण स्थगित ईटालीको घरेलु फुटबल लिग सिरी ए अगस्टसम्मका लागि सरेको छ।

ईटालीयन फुटबल संघले स्थगित रहेको सिरी ए लिग अगस्ट २ सम्म यथावत रहने जानकारी दिएको छ। युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले कोरोनाका कारण स्थगित यूरोपेली राष्ट्रका शीर्ष लिगहरुलाई सिजन सूचारु गर्दा कोरोना संकमणबाट बच्न सबै सुरक्षाका उपायहरु अपनाउन समेत आग्रह गरेका छन्। त्यसबाहेक लिग कमिटीहरुले महादेशीय प्रतियोगिताहरु शुरु हुन यसअघि सबै घरेलु लिगहरु अगस्टसम्म सम्पन्न गर्नुपर्ने युईएफए सामु आग्रह राखेको थियो।

युईएफएको निर्णय लगतै ईटाली फुटबल संघका अध्यक्ष ग्याब्रियल ग्राविनाले भिडियो कन्फरेन्स मार्फत सिरी ए सकाउन क्लबहरुलाई अतिरिक्त समय दिन सकिने उद्घघोष गरेको छ। यो विषयमा ईटालीको फुटबल संघसँग सहकार्य गरी लिग कमिटी अघि बढ्ने देखिएको छ। सिरी ए क्लबहरुले कोरोनाबाट प्रभावित ईटालीको फुटबल मे ४ सम्ममा सूचारु हुने आशा गरेका छन्।

यसअघि बिहिबार मात्र जर्मनी लिग कमिटीले भने स्थगित रहेको बुन्डेसलिगाका बाँकी खेलहरु आउँदो मे महिनामा खाली रंगशालामा शुरु गर्ने निर्णय गरेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083