अध्यादेशमाथि छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
वि.सं.२०७७ वैशाख १२ शुक्रवार १०:५९
7.93K
shares
shares

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सरकारले जारी गरेका दुई अध्यादेशबारे आफ्नै पार्टीभित्रबाट विरोध भइरहेको अवस्थामा उनले आकस्मिक बैठक बोलाएका हुन्।
सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग बिहीबार बिहानको भेटमा प्रधानमन्त्री ओलीले आफू अध्यादेश फिर्ता लिन तयार रहेको बताएका थिए। बिहीबार नै नेकपाका ६ सचिवालय सदस्यको बैठकले पनि अध्यादेश फिर्ता लिनुपर्ने माग गरेको थियो।
बैठकमा विवादास्पद उक्त अध्यादेशमाथि छलफल हुनसक्ने स्रोतले बताएको छ। संविधानविद्हरूका अनुसार संविधानको धारा ६६ अनुसार मन्त्रिपरिषदले अध्यादेश फिर्ता लिन सिफारिश गरेपछि राष्ट्रपतिबाट धारा ११४ अनुसार यसको खारेजी हुन व्यवस्था छ।




























