मन्त्रिपरिषद् बैठक सुरु, ‘लकडाउन’ र अध्यादेशबारे कस्तो निर्णय होला
वि.सं.२०७७ वैशाख १२ शुक्रवार ११:३२
9.49K
shares
shares

काठमाण्डौ ।
शुक्रबार मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विवादित बनेको अध्यादेश र लकडाउनको बारेमा निर्णय लिने सम्भावना छ ।
बैठकले अध्यादेश फिर्ता लिने निर्णय गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए । यस्तै लकडाउनको अवधि थप्ने या प्रभावित ठाउँमा मात्रै कडाइ गरेर अन्यत्र खुकुलो गर्ने भन्नेबारेमा पनि बैठकले निर्णय गर्नेछ ।




























