दुई बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक सर्यो

6.51K
shares

काठमाण्डौ ।

दिउँसो दुई बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक सरेको छ ।बैठक बेलुका ५ बजेसम्मका लागि सारिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । आजको बैठकले लकडाउनका बारेमा निर्णय गर्ने सम्भावना छ ।

लकडाउन लम्ब्याउने सरकारको तयारी छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन लकडाउन नै उपयुक्त विधि भएकाले अझै कम्तीमा एक हप्ता लकडाउन लम्ब्याउने तयारी गरेको हो । तर, लकडाउन अहिलेको भन्दा केही खुकुलो बनाउने कि कडाइ गरेरै लम्ब्याउने भन्नेबारेमा छलफल पछि निर्णय हुनेछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083