देशभर लकडाउनमा थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन
वि.सं.२०७७ वैशाख १५ सोमवार १७:१६
5.38K
shares
shares

काठमाडौं । गृह मन्त्रालयले लकडाउनका थप कडाई गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । लकडाउन खुकुलो भएको पाइएपछि कोरोना भाइरसको संक्रमण फैलिन नदिन थप कडाइ गर्न निर्देशन दिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता सह-सचिव केदारनाथ शर्माले पासबिना र अत्यावश्यक कामबाहेकका सवाधीसाधनमा कडाई गर्न परिपत्र जारी गरिएको बताए ।
उनले भने, “पछिल्लो समय लकडाउन खुकुलो भएको हो कि भन्ने पाइयो । त्यसैले लकडाउनको पूर्ण पालना गराउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र पठाएका हौं ।”
पछिल्लो एक सातायता देशका विभिन्न क्षेत्रबाट आफ्नो घरतर्फ जाने मजदुरलगायतका लागि अघोषित रुपमा बसहरु सञ्चालन गर्न दिइएको थियो ।




























