पूर्वसचिव उपाध्याय २५ हजार धरौटीमा रिहा
वि.सं.२०७७ वैशाख १५ सोमवार १७:०८
5.47K
shares
shares

मुक्तिखबर,काठमाडौँ ।
पूर्वसचिव भीम उपाध्याय २५ हजार धरौटी बुझाएर रिहा भएका छन्।सोमबार न्यायाधीश भरतमणि खनालको इजलासले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो।
उनले धरौटी बुझाइसकेका छन्, जिल्ला अदालतका एक कर्मचारीले भने “कागजपत्र गर्दै हुनुहुन्छ।’ सामाजिक सञ्जालमा धार्मिक आस्थामाथि प्रहार गरेको र सामाजिक सद्भाव खल्बलिने अभिव्यक्ति दिएको भन्दै आइतबार पूर्वसचिव भीम उपाध्यायविरूद्ध मुद्दा दायर गरेको थियो।
साइबर ब्युरोले गत बुधबार राति उनलाई पक्राउ गरेको थियो।यसअघि अदालतले उनलाई तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो।




























