मस्यौदाको जिम्मा सांसद देवकोटालाई

8.7K
shares

काठमाडौँ । 

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले सङ्क्रामक रोग ऐन, २०२० परिमार्जन गरेर सरकारलाई सुझाव दिनका लागि मस्यौदा तयार गर्न सांसद खिमलाल देवकोटालाई दिने निर्णय गरेको छ ।

समितिका अध्यक्ष परशुराम मेघी गुरुङको अध्यक्षमा आज बसेको बैठकले ऐन परिमार्जनका विषयमा तत्कालीन र दीर्घकालीन कार्यान्वयनका लागि सरकारलाई सुझाव÷निर्देशन दिन मस्यौदा तयार गर्न सांसद देवकोटा र सहजीकरणका लागि सङ्घीय संसद् सचिवालयका सहसचिव अर्जुनकुमार खड्कालाई दिने निर्णय भएको हो ।

बैठकमा कोरोना भाइरसको विश्वव्यापी महामारीको सन्दर्भमा उक्त ऐनको कार्यान्वयन मापन एवम् मूल्याङ्कनको छलफलमा सांसदहरु रामनारायण विडारी, विज्ञद्वय सांसद तथा वरिष्ठ अधिवक्ता देवकोटा र सांसद रमेश लेखक लगायतले राय दिनुभएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083