कालाबजारीया सुलभ अग्रवालको थुनछेक बहस आज

7.2K
shares

मुक्तिखबर,काठमाडौं ।

लकडाउनमा थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालको मुद्दामा आज थुनछेक बहस हुने भएको छ ।

मंगलबार अग्रवालविरूद्द जिल्ला अदालत काठमाडौंमा कालोबजारी र सामाजिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता भएको थियो ।

हाल प्रहरी हिरासतमा रहेका अग्रवालको मुद्दामा आज थुनछेक बहस हुने जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

उनलाई कालोबजारी तथा केही अन्य सार्वजनिक अपराध तथा सजाय ऐन २०२३ अन्तर्गत मुद्दा दर्ता भएको श्रेष्ठले बताए । गत चैत २५ गते प्रहरी आफैँ ग्राहक बनेर उनको ठगी धन्दा पत्ता लगाएपछि पक्राउ गरेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083