सचिवालय बैठक अघि बामदेव अचानक बालुवाटारमा
वि.सं.२०७७ वैशाख २० शनिवार १४:०४
9.4K
shares
shares

काठमाडौं ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले कोरोनापछिको प्रधानमन्त्रीमा प्रस्ताव गरेका उपाध्यक्ष वामदेव गौतम ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
केहीबेर अघि गौतम बालुवाटार पुगेको प्रधानमन्त्री केपी ओलीको सचिवालयका एक सदस्यले जानकारी दिए । गत बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका ओलीले गौतमलाई कोरोनाको प्रभाव घटेपछि प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए ।
त्यसका लागि ठोस छलफल र निर्णय गर्न आजै शनिबार अपरान्ह चार बजेका लागि सचिवालय बैठक बस्दैछ ।बैठकअघि गौतम बालुवाटार पुग्नुलाई नेकपाभित्रै अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार गौतमले आफूनिकटका नेता तथा कानुनका जानकारहरुसँग संविधान संशोधनलगायतका बारेमा परामर्श गरेका थिए ।गौतमलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावमा कुनै कानुनी र व्यवहारिक आधार नदेखिएपनि उत्साहित भएका गौतमको बाहिर भने आलोचना हुन थालेको छ । खासगरी अध्यादेश प्रकरणपछि (नेकपा) मा गौतम कार्यकारी अध्यक्ष, प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी सहितको समिकरण तोड्दै ओली समूहमा लाग्ने हुन् या पुरानै समीकरणमा अडिने हुन् भन्ने पनि नेकपाभित्र चासोका साथ हेरिएको छ ।