सिक्किमको सीमामा भारत र चीनका सैनिकबीच झडप, केही घाइते

7.46K
shares

एजेन्सी ।

उत्तरी सिक्किमस्थित दुई देशीय सीमाना खटिएका भारत र चीनका सैनिकबीच झडप भएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार शनिबार उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा दुई देशका सैनिक झडप भएको हो। झडपमा परी चार भारतीय र सात चिनियाँ सैनिक घाइते भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। झडपमा दुबै पक्षका १५० सैनिक संलग्न भएको बताइएको छ।

एक सैनिक अधिकारीले विवादलाई स्थानीय स्तरमै वार्ता गरेर टुंग्याइएको बताएका छन्।
यसबारे दुबै देशले औपचारिक प्रतिक्रिया जनाएका छैनन्।

सीमामा दुई देशका सैनिकहरूबीच झडप भएको यो पहिलो पटक भने होइन। तीन वर्षअघि दोक्लममा दुई देशका सैनिक आमनेसामने भएका थिए। चीन, भुटान र भारतको सीमामा पर्ने दोक्लम क्षेत्रमा चीनले बाटो बनाएपछि भारतले रोक्न खोजेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083