एक महिना अघिसम्म भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोनाको संक्रमण

7.22K
shares

काठमाडौं । भक्तपुरमा हिजो भेटिएका कोरोना संक्रमित एक युवक महिना अघिसम्म नेता भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मी भएको खुलेको छ।

भक्तपुरमा भेटिएका ती २७ वर्षीय पुरुष सशस्त्र प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन्। चाँगुनारायण नगरपालिकाका अनुसार रामेछाप घर भएका उनी सशस्त्र प्रहरीका सुरक्षाकर्मी रहेको र अस्थायी रुपमा दुवाकोटमा बस्दै आएका थिए।
‘उनी मेरो सुरक्षामा एक महिना अघि देखि छैनन्, घरमा श्रीमती बिरामी परेपछि जानकारी गराएर छुट्टीमा गएका थिए’, रावलले भने।

युवकलाई हिजै टेकु अस्पताल भर्ना गरिएको छ। युवकबारे थप विवरण लिने काम भइरहेको छ।
संसद सुरू हुनु गरिएको स्वाब परीक्षणमा नेता रावल लगायतको परीक्षण नतिजा नेगेटिभ आएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083