सवारी पास पाएपछि पूर्वराजा ज्ञानेन्द्र काठमाडौं फर्किए

8.46K
shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाह सवारी पास पाएपछि आज बिहान काठमाडौं फर्किएका छन्।

जिल्ला प्रशासन कार्यालय झापाबाट बिहीबार जारी भएको पास गृहमन्त्रालयको स्वीकृत नभएको भन्दै गृह मन्त्रालयको निर्देशनपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास रद्द गरेका थिए। पूर्वराजाका सहयोगीले इमेलमार्फत सवारी पास लिन निवेदन दिएपछि प्रशासन कार्यालयले पास दिएको थियो ।

निजी भ्रमणमा झापा पुगेका पूर्व राजदम्पत्ति लकडाउनसँगै झापामा नै रोकिएका थिए। चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि उनीहरु फर्किन सकेका थिएनन्।


divya collage
unigloble collage