थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४८
वि.सं.२०७७ जेठ १० शनिवार ०९:५४
8.02K
shares
shares

काठमाडौं ।
शनिबार बिहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कपिलवस्तु ८, रूपन्देहमा ८, सर्लाहीमा १३, चितवन, काठमाडौं र बारामा १र१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरुमध्ये दुई महिला र ३० पुरूष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ।हालसम्म ७० जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भइसकेको छ।




















