झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि
वि.सं.२०७७ जेठ ११ आइतवार १७:२२
6.1K
shares
shares

भद्रपुर । झापामा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालमा कोभिड १९ परीक्षण केन्द्रमा गरिएको परीक्षणमा झापा बाह्रदशीका एक जना पुरुषमा कोरोना पोजिटिभ देखिएको होे ।
बाह्रदशीका पुरुषमा कोरोना पुष्टि भएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ ।यसअघि पनि बाह्रदशीमा र दमकमा गरी दुइजना पुरुषमा कोरोना संक्रमण देखा परेपनि निको भइसकेको छ ।
त्यस्तै जिल्लाको कचनकवल गाउँपालिका ३३, झापा गाउँपालिकामा एक जनामा कोरोना संक्रमण देखिसकेको छ प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८७ पुगेको छ ।


















