रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि
वि.सं.२०७७ जेठ १३ मंगलवार १३:०३
6.92K
shares
shares

काठमाडौं। रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको गौरका ७ जना, देवाही गोनाहीका ३ जना, राजदेवीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै अन्य ११ जनाको स्पष्ट ठेगाना नखुलेपनि पनि उनीहरू अधिकांश देवाही गोनाहीका रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनभुयो ।
योसँगै रौतहटमा कोरोना संक्रमितको सख्या ७० पुगेको छ ।संक्रमित सबै भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपालीहरु रहेका छन् ।




























