कैलालीमा थपिए २ संक्रमित
वि.सं.२०७७ जेठ १५ बिहीवार ११:०९
7.46K
shares
shares

कैलाली । कैलालीको जानकी गाउँपालिकामा कोरोना भाइरसका २ जना संक्रमित थपिएका छन् ।उक्त गाउँपालिका ४ का २५ र ३० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनीहरू ३ वैशाखमा भारतबाट नेपाल प्रवेश गरेर जानकी गाउँपालिका १ स्थित सरस्वती माविको क्वारेन्टाइनमा बसेका थिए ।
धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको नमुना परीक्षणमा कोभिड(१९ पोजिटिभ देखिएको हो । उनीहरूलाइ टीकापुर अस्पतालमा भर्ना गर्ने तयारी भइरहेको छ । यसअघि टीकापुर अस्पतालमा ४ जना संक्रमितको उपचार भइरहेको छ ।




























