काठमाडाैं र धरानकाे परीक्षणमा भर्खरै थप ७४ जनामा कोरोना संक्रमण पुष्टि
वि.सं.२०७७ जेठ १५ बिहीवार १३:५५
5.66K
shares
shares

काठमाडौं । प्रदेश २ मा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको टेकुको राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार थप ७४ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।
प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार टेकु र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ७४ जनामा संक्रमण फेला परेको हो ।
उहाँका अनुसार धनुषामा २९, महोत्तरीमा १७, सप्तरीमा १२, सर्लाहीमा ७, सिरहामा ६ र रौतहटमा ३ जना संक्रमित थपिएका छन् । बिहीबार पुष्टि भएका सबै संक्रमित केही समय अघि भारतबाट फर्किएका बताइएको छ । उनीहरु जलेश्वरको राविम क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए ।




























