लकडाउन तत्काल नहट्ने,आर्थिक र औद्योगिक क्रियाकलाप खुकुलो गर्दै जाने

7.27K
shares

काठमाडौं । सरकारले तत्कालका लागि लकडाउन यथावत् राखेर आर्थिक क्रियाकलापलाई चरणबद्ध रूपमा वृद्धि गर्दै लैजाने गरी तयारी थालेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बिस्तारै उद्योग व्यवसाय सञ्चालन गर्न दिने र लकडाउन तत्काल नै नहटाउने गरी मस्यौदा तयार पारेको छ ।

सो मस्यौदामाथि शनिबार समन्वय समितिमा छलफल भए पनि अन्तिम टुंगो लाग्न बाँकी छ । मस्यौदामा उद्योग व्यवसाय, बैंकिङ क्षेत्र, विकास निर्माणलगायतका काम क्रमशः चरणबद्ध रूपमा खुलाउँदै जाने प्रस्ताव गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं समिति सचिव नारायणप्रसाद बिडारीले आर्थिक तथा औद्योगिक क्रियाकलाप बिस्तारै चरणबद्ध रूपमा सञ्चालन गर्नेबारे छलफल भएको र पुनः बैठक बसेर अन्तिम रूप दिने जानकारी दिएका छन् ।

सचिव बिडारीले बैंकिङ कारोबार, कृषिजन्य उद्योग व्यवसाय, अत्यावश्यक सेवाका क्षेत्रहरू, अस्पताल तथा प्रयोगशालालगायतका क्षेत्रहरूलाई क्रमशः सहजता दिलाउँदै चरणबद्ध रूपमा सञ्चालन गर्न सहजीकरण गर्नेबारे तयार भएको मस्यौदामा समिति बैठकमा छलफल भएको जनाए ।राजधानी दैनिकबाट


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083