कैलालीमा क्वारेन्टाइनमा बसेकी महिलालाई बलात्कार गर्ने ३ जना पक्राउ
वि.सं.२०७७ असार १ सोमवार १०:२१
8.63K
shares
shares

काठमाडौं । कैलालीको लम्की चुहा नगरपालिकास्थित सहिद स्मृति माविको क्वारेन्टाइनमा बसेकी महिलालाई बलात्कार गरेको आरोपमा तीनजना स्वयंसेवकलाई पक्राउ गरिएको छ । पीडित महिलाले दिएको जाहेरीका आधारमा लम्की इलाका प्रहरी कार्यालयले आइतबार बेलुकी तीनजना स्वयंसेवकलाई पक्राउ गरेको हो ।
क्वारेन्टाइनमा बसेकी महिलाले शनिबार राति तीनजनाले बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा लम्कीका सर्जन विक, लक्ष्मण परियार र किशोर परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतीक विष्टले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार पक्राउ परेका तीनैजना स्वयंसेवकका रूपमा क्वारेन्टाइन व्यवस्थापनमा खटिएका थिए । तीनैजना हिरासतमा रहेको र थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताउनुभयो ।




























