आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
वि.सं.२०७७ असार १४ आइतवार ११:४३
17.84K
shares
shares

काठमाडौं। पछिल्लो समय सुनको मूल्य बढेर एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनिरहेको छ। आइतबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड बनेको छ ।
सुनचाँदी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार आज सुनको मूल्यमा प्रति तोला ७ सय रुपैयाँ बढेको छ । योसँगै अब छापावाल सूनको मूल्य ९१ हजार ३ सय पुगेको छ । यो अहिलेसम्म सुनको मूल्य सबैभन्दा महंगो हो ।


















