सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्न सिफारिस

6.88K
shares

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ । संसदमा पार्टीको ह्वीप उल्लंघन गरेको र राष्ट्रिय हित विपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई कारबाही गर्न पार्टीले एक कार्यदल गठन गरेको थियो ।

पार्टीका महासचिव रामसहाय यादवको नेतृत्वमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय कार्यदलले मंगलबार संसद गिरीलाई कारबाही गर्न यस्तो सिफारिस गरेको हो । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएपछि उनले संसद र संसद बाहिर पनि त्यसको विरुद्ध अभिव्यक्ति दिँदै आएकी थिइन्।

साथै उनले नयाँ नक्सासहितको नेपालको नयाँ निशान छाप परिवर्तन गर्न भएको संविधान संशोधनका क्रममा पार्टीको ह्वीप उल्लंघन गरेकी थिइन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083