आईजीपी नियुक्तिका विषयमा निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्दै

7.1K
shares

काठमाडौं। मन्त्रिपरिषद् बैठक आज अपारान्ह ४ बजेका लागि बोलाइएको छ । बुधबारबाट रिक्त हुन लागेको नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) मा नयाँ नियुक्तिका विषयमा निर्णय लिन बैठक बस्न लागेको हो ।

हाल बहाल आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबारबाट अवकाश पाउँदैछन् । उनको ३० वर्षे सेवा अवधिका कारण बुधबारदेखि अनिवार्य अवकाश हुने भएकाले रिक्त पदमा नयाँ नियुक्ति गर्नुपरेको हो ।

नयाँ महानिरीक्षक कसलाइ बनाउने भन्नेमा यकीन भइनसकेको जनाइएको छ । अहिले सम्भावित अनुहार २ जना रहेका छन् । हाल एआईजी रहेका शैलेश थापा क्षेत्री र हरिबहादुर पालमध्ये कुनै एकलाइ महानिरीक्षक बनाउने तयारी रहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार दुवै एआईजीले सरकारले जसलाई महानिरीक्षकमा बढुवा गरे पनि स्वीकार्ने बताएका छन् ।

प्रहरी प्रधान कार्यालयमा बुधबार आईजीपी ज्ञवालीको बिदाइ कार्यक्रम राखिएको समेत जनाइएको छ । आईजीपी ज्ञवालीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक(डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउन लागेको जनाइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083