बिरामीमा कोरोना संक्रमण देखिएपछि शहीद गंगालाल हृदय केन्द्रको ओपीडी सेवा बन्द
वि.सं.२०७७ असार २३ मंगलवार १०:२९
6.63K
shares
shares

काठमाडौं, २३ असार । शहीद गंगालाल हृदय केन्द्र बाँसबारीमा उपचाररत बिरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ओपिडी सेवा अनिश्चितकाललाई बन्द गरिएको छ ।
अस्पतालले सोमबार सूचना जारी गर्दै अर्को सूचना आएसम्मका लागि ओपीडी सेवा स्थगित गरिएको जानकारी दिएको छ । अस्पताल प्रशासनका अनुसार ओपडी सेवा बन्द गरिए पनि आकस्मिक सेवा भने जारी राखिने छ ।
शहीद गंगालाल हृदय केन्द्रमा उपचाररत विरामीकाे स्बाव केही दिनअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड परीक्षण ल्यावमा पीसीआर परीक्षणका लागि पठाइएकाे थियाे । उक्त परीक्षणमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
कोरोना संक्रमण देखिएका सबैलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पठाइएको अस्पताल प्रशासनले जनाएको छ ।

































