चीनलाई कारवाही गर्ने तयारीमा अमेरिका : विदेशमन्त्रीले भने, ‘अब जवाफ दिने बेला आएको छ’

9.41K
shares

एजेन्सी । अमेरिका र चीनबीचको अवस्था अहिले तनावग्रस्त छ । चीनले कोरोना भाइरस फैलाएको आरोपमा अमेरिकी ट्रम्प सरकार चीनविरुद्ध खनिएको हो ।

यसैबीच अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चीनको चुनोतिहको उचित जवाफ दिनुपर्ने समय आएको बताएका छन् ।

उनले भने, अब समय आइसकेको छ कि, विश्वलाई चीनको कम्युनिष्ट पार्टीले प्रश्तुत गरिरहेको गम्भीर चुनौतिहरूको जवाफ मिलोस् ।

पोम्पेओले भने कि, ‘संसारमा कोरोना भाइरसको बारेमा जानकारी हुनु भन्दा धेरै अघि चिनियाँ सरकारले थाहा पाए पनि चीनले विश्वलाईएक व्यक्तिबाट अर्कोमा फैलिन्छ भन्ने जानकारी नदिएको हो, चीनको कम्युनिष्ट पार्टीले यो कुरा संसारबाट लुकायो र अब विश्वमा विनाशको सम्भावना छ ।’

माइक पोम्पेओले भने कि, ‘आज सम्पूर्ण विश्वले चीनको नराम्रो अभिप्राय उजागर गरेको छ, चीनको कम्युनिष्ट पार्टीले प्रश्तुत गरिरहेका चुनौतीहरू दक्षिणपूर्वी एशियामा मात्र नभएर सम्पूर्ण एशिया र युरोपियन देशहरूमा पनि परिचित छन् । अमेरिकाले लामो समयदेखि यसलाई याद गरेन। तर अब सबै कुरा ठीक गर्ने समय आइसकेको छ, त्यसैले महत्त्वपूर्ण छ कि सबै संयुक्त निस्कर्षमा आउनेछन् ।’

उनले संसारमा प्रजातन्त्र र स्वतन्त्रतालाई प्रेम गर्ने व्यक्तिले चीनको कम्युनिष्ट पार्टीले प्रश्तुत गरेका चुनौतीहरुको जवाफ दिन आवश्यक रहेको बताएका छन् ।


divya collage
unigloble collage