सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी जवानको कोठामा भेटियो सुन

12.64K
shares

प्रहरी जवान प्रशन्न श्रेष्ठको डेरामा एक किलो सुन फेला परेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले नारायणस्थानस्थित डेरामा फेला परेको सुन जस्तै देखिने पँहेलो धातु बारमद गरेको हो ।

जवान श्रेष्ठ साढे १४ केजी चाँदी र आधाकिलो विवादास्पद सुन अप्रेशनमा मुछिएका छन् ।

सो धातु परिक्षण गर्न पठाइएको महानगरीय प्रहरी कार्यालयका एक अधिकृतले जानकारी दिए । सो अप्रेशनको कमाण्ड दरबारमार्गका डीएसपी रन्जन दाहालले गरेका थिए ।

जवान प्रशन्नलाई दरबारमार्ग वृतको हिरासतमा राखेर आन्तरिक अनुसन्धान शुरु गरिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083