सुन तोलाको ९९ हजार ३ सय पुग्याे

9.14K
shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा तीन सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ९९ हजार ३ सय रुपैयाँ पुगेको छ ।

महासंघले बिहीबार तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ३ सय रुपैयाँ बढेर ९९ हजार ३ सयमा कारोबार भइरहेको जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९८ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी चाँदी तोलामा १२ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार चाँदी १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083