नेपालमा काेराेना संक्रमितको कुल संख्या २१ हजार ९ पुग्याे
वि.सं.२०७७ साउन २० मंगलवार १७:१८
7.01K
shares
shares

काठमाडौं । थप २५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
जसमध्ये हालसम्म १५ हजार २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिले देशभरी जम्मा ५ हजार ९ सय २५ जना संक्रमित उपचाररत रहेका छन् ।
जसमा प्रदेश नम्बर १ मा ३ सय ३४, प्रदेश नम्बर २ मा २ हजार ४ सय २७, बागमती प्रदेशमा ७ सय १६ र गण्डकी प्रदेशमा २ सय ६३ जना संक्रमित उपचाररत रहेका छन । प्रदेश नम्बर ५ मा ३ सय ३५ कर्णाली प्रदेशमा २ सय ९५ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ५५ जना उपचाररत रहेको प्रवक्ता डा. गौतमले बताए ।































