३३० प्रहरीमा कोरोना संक्रमण

7.57K
shares

काठमाडौं । देशभर ३३० प्रहरीमा कोरोना संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा नौजना र प्रहरी प्रधान कार्यालयमा ९० जना सक्रिय संक्रमित छन् ।

३३० संक्रमितमध्ये १२६ जना डिस्चार्ज भएको प्रहरी प्रवक्ता (एसएसपी) कुवेर कडायतले बताए ।

कडायतका अनुसार हाल प्रहरी प्रधान कार्यालयका ९०, काठमाडौं उपत्यकाका ९, प्रदेश १ का २०, प्रदेश २ का ३२,वाग्मती प्रदेशका २, गण्डकी प्रदेशका ४१, प्रदेश ५ का ९ र सुदूरपश्चिम प्रदेशका एकजना सक्रिय संक्रमित प्रहरीको उपचार जारी छ ।