प्रदेश ५ की सांसद केसी कोरोना संक्रमति
वि.सं.२०७७ साउन २५ आइतवार ०८:४७
15.76K
shares
shares

प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की सांसद केसीले शनिबार राति आफ्नो नजिक सम्पर्कमा आएकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गरेकी छन् ।
‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्तायता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्दछु,’ सांसद केसीले फेसबुकमा लेखेकी छन् ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा शनिबार बाँकेका ७ जना महिलासहित २० जना कोरोना संक्रमित थपिएका थिए ।
सांसद केसी आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा कोरोना महामारीका बेला आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने गरेकी थिइन् ।


















