राम नेपालका हुन् – प्रधानमन्त्री ओली : बुद्ध भारतका हुन् – भारतीय विदेशमन्त्री जयशंकर

8.18K
shares

भगवान रामको वास्तविक जन्मभूमि नेपालमा रहेको दाबी गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार माडीका जनप्रतिनिधिलाई भेटेका छन्। माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकाललगायत स्थानीय जनप्रतिनिधिसँग बालुवाटारमा शनिबार साँझ भएको करिब दुई घण्टा लामो भेटघाटमा प्रधानमन्त्री ओलीले रामको जन्मभूमी माडीको अयोध्यामै पर्ने दोहोर्‍याउँदै रामनवमीमा भव्य मेलाको तयारी गर्न निर्देशन दिएको त्यहाँ सहभागी एकले बताए।

उनले रामको जन्मभूमि नेपालमा पर्ने विषयलाई प्रवर्द्धन गर्न स्थानीयस्तरबाटै प्रयास थाल्न पनि निर्देशन दिएका छन्। केही समयअघि प्रधानमन्त्री ओलीले भारतले नक्कली अयोध्या खडा गरेको भन्दै राम नेपालमा जन्मिएको दावी गरेका थिए। प्रधानमन्त्री ‌ओलीको उक्त अभिव्यक्तिले भारत रुष्ट बनेको छ। भारतका विदेश मन्त्री एस जयशंकरले भगवान गौतम बुद्ध भारतीय नागरिक रहेको दाबी गरेका छन्।

उनले शनिबार भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन कन्फडरेशन अफ इन्डियन इन्डस्ट्रिले आयोजना गरेको भर्च्युअल सम्मेलनलाई सम्बोधन गर्ने क्रममा गौतम बुद्धलाई ‘महान भारतीय नागरिक’ भनेका हुन् । उनले सम्बोधनमा भनेका छन्, ‘हामीले भारतीय इतिहासमा सबैभन्दा महान नागरिकका स्मरण गर्ने दुईजना छन् । एक गौतम बुद्ध र अर्को महात्मा गान्धी । उहाँहरुलाई हामीले मात्रै होइन पूरा विश्वले महान भारतीयका रुपमा चिन्छ ।’

भारतको सत्तामा रहेका व्यक्तिले बुद्धलाई भारतीय भनेको यो पहिलो पटक होइन। बारम्बार यस्ता दाबी आउने गरेका छन् र नेपालले त्यसको विरोध गर्ने गरेको छ। नेपालको संसदमा विशेष सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६ वर्ष पहिले बुद्ध नेपाली रहेको र उनले विश्वमा शान्तिको सन्देश प्रवाह गरेको बताएका थिए। तर उनले त्यसपछि अर्थात दुई वर्षअघिको बुद्ध पूर्णिामामा भारत बुद्धको भूमि रहेको बताएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083